तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वार्ड नं २ मा नेपाली काग्रेंसको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका रुद्र बहादुर लिम्बूले ४ सय ७७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर भुजेलले ४ सय ४४ मत प्राप्त गरेका छन् ।
अन्य विजय हुने सदस्यहरू लाल बहादुर लिम्बु, गुमान ध्वज लिम्बु , लाल कुमारी याखा र कविता नेपाली रहेका छन्।