खोटाङमा २ युवाहरुले बालेन को नाउँमा २८ किलोको खसी बाजि थापेका छन्। खोटाङ जिल्लाको रुपाकोट मझुवा गढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले काठमाडौंका स्वतन्त्र उमेदवार बालेन शाहले स्थानीय तहको निर्वाचन जिते मा रमेश ले २८ केजीको खसी दिने र नजितेमा विजयले सो बराबरको रकम दिने भनी केही व्यक्तिको रोवर मा लिखितम सहित हस्ताक्षर गरेका हुन्।