क्याप्टेन, अभिनेता तथा गायक विजय लामाका पिताको निधन भएको छ। कालोपर्दा परिवार आदरणीय पिता प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ । विजय लामा आफ्नो फेसबुक पेजमा यसरी लेख्नु हुन्छ।
My buddy…my mentor, my friend and an inspiration for Honest Living…my awesome BAU left us @13:15 (1:15pm) for heavenly abode!!
अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत।
करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो । मेरो आमा पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ सेप्टेम्बरमा!!
मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु । तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि!
उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।
हामी भोलि बुद्ध जयन्तिको दिन (11 a.m till 2 p.m) मा बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम बिधाई गर्न गईरहेका छौ !
बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीरलाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका लागि लग्नेछौ ।
कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ ।
“बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले निक्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ ।”
अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है? सायद झस्किन्छु होला तिमिलाइ नपाउदा! ए बाउ किन???
आखिर हार भयो नि मेरो???