भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा धारा चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् ।
दौलथले १८ सय १४ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका महेश राईले १७ सय ८६ मत प्राप्त गरेका थिए । एमालेका शान्तिबहादुर अधिकारीले १३ सय ८३ मत प्राप्त गरे । दौलथले धारा चुनाव चिन्ह लिएर अध्यक्ष पदमा विजयी भएका हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी अस्मिता कुलुङ राईले जितेकी छन् । उनले १८ सय ६२ मत ल्याउँदा एमालेकी रीता घलेले १५ सय ८० र माओवादीकी जलवती कुलुङले १४ सय ४८ मत ल्याएकी थिइन् ।