
तेह्रथुम — तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा बहुमत सहित नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुख पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश सेनेले ३ हजार ३ सय ४४ मत प्राप्त गरेका थिए।
उप मेयर पदमा पनि नेपाली कांग्रेसकी जमुना मगर विजयी भएकी छिन् । उनले ४ हजार ८ सय ८७ मत प्राप्त गरेकी छिन्। उनको र प्रतिद्धन्द्वी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सीनाको मतान्तर १ हजार २ सय ९३ मत रहेको छ।
विजयी मेयर अर्जुन मावुहाङ लालीगुरास नगरपालिकाको निवर्तमान मेयर हुन भने विजयी उप मेयर मगर अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेकोतर्फ बाट नगर उपप्रमुख पदमा पराजीत भएकी थिइन् । केही समयपछि मगर एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी हुन् ।

कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासील गरेको छ । त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर वडामा एमालेको सहयोगमा स्वतन्त्रका उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन् ।