धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्। २६ हजार ८४२ मतगणना हुँदा साम्पाङले ७ हजार ७६१ मत पाएका छन् भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका किशोर राईले ७ हजार ७१७ मत पाएका छन्। सम्पाङले किशोर राईलाई ४४ मतले उछिनेका हुन्।
नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ४२५ प्राप्त गरेकी छन्। धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना भइसकेको छ। अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ।