धरान – धरान उपमहानगरपालिकाको अन्तिम मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई जीत नजिक पुगेका छन्। ४७ हजार ९५ मत गणना हुँदा लौरो चुनाव चिन्ह लिएर उठेका साम्पाङले काङ्ग्रेसका उम्मेद्वार किशोर राईलाई २६ सय ६७ मतले उछिनेका छन् । हाल सम्म सम्पाङ्ले १५ हजार ७७ मत प्राप्त गरेका छ्न् भने किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन् । राईलाई पछयाउदै एमालेकी मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरेकी छिन् । आहिले धरान वडा नम्बर १५ र १६ को गणना भइरहेको अवस्थामा वडा नम्बर १७ को गणना गर्न बाँकी रहेको छ भने वडा नम्बर २० मा मतगणनामा विवाद भएका कराण त्यहाँको नतिजा सार्वजनिक हुन सकेको छैन ।