पार्टीहरूको किल्ला तोड्दै सुनसरीस्थित धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नक स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ् राई विजयी भएका छन्। उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु सम्मिलित सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरेका हुन। हर्क साम्पाङ २० हजार ८ सय २१ मतका साथ विजय हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् । मेयरकै अर्की उम्मेदवार नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् ।
धरानकाे उपमेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा विजयी भएका छन्। उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पदम इस्वो लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।
लामो समयदेखि धरानमा खानेपानी अभाव , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृति तथा सर्दु खोला अति क्रमण जस्ता सार्वजनिक मुद्धाहरु लिएर साम्पाङ् आन्दोलनरत थिए। खानेपानीको समस्या सामधान गर्ने मुद्दालाई प्राथमिकताका साथ उठाएका साम्पाङले २०७६ सालको उपनिर्वाचनमा जम्मा ४२२ मत मात्र पाएका थिए ।
धरानमा खानेपानीको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउदै आएका साम्पाङले धरानलाई ६ महिनाभित्र नेपालको सबैभन्दा सफा शहर बनाउने विचार ब्यक्त गर्दै आएका छन्।
धरानकाे उपमेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा विजयी भएका छन्। उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पदम इस्वो लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।