काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा र्यापर वालेन्द्र साह निर्वाचित भएका छन् । स्वतन्त्रबाट लौरो चुनाव चिन्ह लिएर उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
बालेन साहले ६१ हजार ७६७ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याएका छन । बालेन साहले सिर्जना सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
त्यस्तै काठमाडौँको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छिन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउदा श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन।