विराटनगर – मिस्टर एन्ड मिस विराटनगर २०२२ को अडिसन विराटनगरमा यहि आउदो २८ गते सनिबार हुने भएको छ। विराटनगरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस विराटनगर २०२२ का प्रतियोगिहरु छनौटको लागि अडिसन विराटनगरको होटेल श्री कृष्णमा हुने जानकारी आयोजक समितिका सदस्य आकास कार्कीले जानकारी दिएका छन। अडिसन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। श्रष्ठा नेपालले मिस्टर एन्ड मिस विराटनगर २०२२ आयोजना गर्न लागेको हो।