दार्चुलामा शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको छ । घर नजिकैको खरको कुन्युमा आगो लगाएर ती एकल महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताएका छन् । घट्ना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् ।
घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमान ७/ ८ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् ।
घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको श्रोतले जनाएको छ ।