तेह्रथुम जिल्लाको लालिगुँरास नगरपालिकाको केन्द्र बसन्तपुर बजारको सडक दुर्गन्धित भएको छ | बजारको ढल सफा गरेपछि निकालिएको ढलभित्रको फोहोर सडकमा धेरैदिनदेखि राखिएको कारण सडक दुर्गन्धित भएको हो। लालीगुराँस नगरपालिकाको आफ्नै फोहोर उठाउने २ वटा ट्रयाक्टर भएपनि सडकको फोहोर उठ्न सकेको छैन।
वसन्तपुर बजारमा केहि दिन अगाडि त्यहाँका स्थानिय युवाहरुले सरसफाई अभियान चलाएका थिए जसमा वडा २ का अध्यक्ष रुद्र प्रसाद लिम्बू स्वयम सडकको नाली सरसफाईमा उत्रिएका थिए।