
कोरोनाबाट बच्न घरबाट ननिस्किने शिक्षामात्र दिएर कोरोनाको महामारी त न्युन होला तर यसले भोकमरी र अभाव सृजना गर्दैन भन्न सकिँदैन । खाद्यान्न , औसधिजस्ता अत्यावश्यक कुराहरुको लागि बाहिर निस्किदा केहि सुरक्षाहरु हामीले अपनाउन सक्छौ ।
दुरी कायम राख्ने
संक्रमित व्यक्तिहरुबाट कोरोना भाइरस सजिलै सर्ने हुदा एक व्यक्तिले अर्को व्यक्तिसंग दुरी कायम राख्नु एकदमै महत्वपुर्ण कुरा हो । अति आवश्यक काममा सकेसम्म एक्लै निस्किनु उत्तम हुन्छ । एकजना भन्दा बढि निस्किनु परेपनि एक आपसको दुरी दुइ मिटर वा सो भन्दा बढि राख्न सके केहि सुरक्षित हुन सकिन्छ । सकेसम्म अनिवार्य मास्क र ग्लोभ्सको प्रयोग गर्नु पर्दछ । एकपल्ट लगाईसकेको मास्क र ग्लोभ्स पुन प्रयोग नगरेको राम्रो हुन्छ भनेर विभिन्न विज्ञहरुले भन्दै आएका छन् । नजिक बसेर गफ गर्ने तथा धेरैजना भेला भएर बस्नु अति नै जोखिम हुनेछ यस समयमा । बाटोमा हिड्दा भेटिएका मानिसहरुबाट दुरी कायम राख्नु सुरक्षित मानिन्छ । जुनसुकै प्रकारको भिडहरुलाई इन्कार गर्नु यस महामारीमा विवेकपूर्ण कदम हुन सक्दछ । व्यस्त सडकहरुभन्दा मानिसहरुले धेरैजसो प्रयोग नगर्ने बाटोहरुको प्रयोग गर्नु कोरोनाविरुद्धको चतुर्याई हुन सक्छ । जन्मदिन , मनोरंजन जस्ता अन्य कारणहरुको लागि साथीभाई भेटघाट गर्नु कोरोनालाई घर निम्त्याउनु जस्तै हो । नेपालमा विभिन्न धर्मवालाम्बी मान्ने मानिसहरु छन् । मढमन्दिर , चर्च , मस्जिद , गुम्बा , देवीथानहरुमा भेला भएर धार्मिक विधि गर्ने कार्यहरुलाई घरमै सिमित राखौ केहि समय । त्यसैले यस विकराल परिस्थितिमा धार्मिक भेट्घाटलाई स्थाकित गर्न सके संक्रमण फैलनबाट बच्न सकिन्छ ।
पसलहरुमा यसरी सावधानी अपनाउने
यस जोखिम अवस्थामा सकेसम्म घरमै सामान अर्डर गर्न सके बाहिरको संक्रमण सर्ने सम्भावना कम रहन सक्छ र लकडाउन भएपनि खाद्यान्न , औसधिजस्ता अत्ति आवश्यक वस्तुहरुको सेवा प्रदान गर्ने पसल तथा कार्यालयहरु खुल्ला रहेको अवस्थामा त्यस्ता ठाउहरुमा जादा नागरिकहरुले आफै कसरि सुरक्षित हुने भन्ने कुराहरु जान्न अत्यन्तै जरुरि छ । त्यसा ठाउहरुमा काम गर्ने व्यक्तिहरु आफै सुरक्षित हुने कुराहरु त छदै छ तर सेवा लिन जाने व्यक्तिहरुको असावधानीले गर्दा पनि संक्रमण एकले अर्कालाई सार्ने जोखिम धेरै हुन्छ । सेवा प्रदायकहरूले अनिवार्य रुपमा ग्राहकहरुको दुरी कायम राख्ने किसिमको वातावरण वनाउनु पर्दछ । त्यसको लागि डोरी , भुइमा मानिस उभिनको लागि रेखा कोरेर जस्ता आन्य उपायहरु अवलम्बन गर्न सकिन्छ । त्यहा रहेका सुरक्षाकर्मी वा अन्य कर्मचारीहरुले पनि यो कुरालाई पालना गर्न ग्राहकहरुलाई प्रोत्साहन गर्नु पर्दछ । एक आपसमा बोल्दा टाढै बाट बोल्नु पर्दछ । मास्क तथा ग्लोभ्सको प्रयोगले एकअर्काको संग्क्रमण सर्न बाट वच्न धेरै मद्धत गर्न सक्दछ । धैर्यताले यो बेला एकदमै धेरै महत्व राख्दछ । हामी जे कुरा पनि हतार गर्छौ र भिडभाड मिचेर , एकले अर्कालाई ठेल्दै भएपनि आफु पहिला सेवा लिने हाम्रो बानी नै छ । तर कोरोनाले हाम्रो यस्तो प्रवृत्तिलाई चुनौती दिएको छ । पसलहरु जादा एक अपासको नजिक नरहनु नै उत्तम हुन्छ यस अवस्थामा । बरु केहि छिन पर्खने तर दुरी कायम राखेर सेवा लिने र दिने गर्नुपर्दछ । सेवाप्रदायाकहरुले साबुन पानीले हात धुने व्यवस्था दिएसंगै ग्राहकहरुले पनि त्यसलाई अवलम्बन गर्न सके कोरोन संक्रमणबाट बच्न सहयोग पुग्न सक्दछ । कागजको पैसाभन्दा डिजिटल माध्यमबाट कारोबार गर्नु पनि यस संक्रमणको लागि एउटा सुरक्षा हुन सक्छ । सामानहरु लिदा वा दिदा प्रतक्ष हातले भन्दापनि कहिँ बाट उठाउने वा टिप्ने व्यस्था भए संग्क्रमण सर्ने जोकिम कम हुन सक्दछ । पसल तथा कार्यालयमा रहेका फर्निचर , सिसा , कुर्सि , टेबलजस्ता कुराहरुलाइ भरसक नछुने प्रयास गर्नु पर्दछ । छोई हाले पनि तुरुन्त साबुन पानीले हात धुनु एउटा सुरक्षा हुन सक्दछ । पसलबाट फर्की सके पछि घरमा पुन साबुनपानीले मज्जाले हातखुट्टा धुन बिर्सिनु हुदैन । कोरोना भाइरस हामीले प्रयोग गरेको कपडा तथा जुत्ता चप्पलमा केहि दिनसम्म जीवित रहने कारणले गर्दा आफुले वाहिर जादा लगाएको कपडालाई घर आएपछि तुरुन्तै धोई हाल्नु सुरक्षित मानिन्छ ।
घरमा बस्दा कसरी सुरक्षित रहने ?
कोरोना आफै घरमा आउदैन । तर घर बाहिर गएर आएका व्यक्ति कुनै अन्य संक्रमित मार्फत घरमा संक्रमण सार्ने माध्यम बन्न सक्छ । त्यसैले घरमा रहनु नै सबैभन्दा सुरक्षित उपाय हो । बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ। घरमै बस्दा पनि पटकपटक साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धोई राख्नु पर्दछ । आफुले प्रयोग गर्ने कपडा तथा सामानहरु अरु कसैलाई प्रयोग गर्न नदिने र अरुको सामान पनि आफुले प्रयोग गर्नु हुदैन । हामीले दैनिक प्रयोग गर्ने तन्ना , टावेल , कपडा , पर्दा जस्ता कुराहरु फेरि रहनु पर्दछ ।हातले दात तथा नाक कोट्याउने जस्ता बानीले गर्दा संक्रमण हातबाट नाक मुख हुदै फोक्सोमा पुग्ने सम्भावना धेरै रहेको हुदा हातले मुख तथा नाक छुने गर्नु हुदैन । हात् मिलाउने , अंकमाल गर्ने , चुम्बन गर्नेजस्ता कार्यहरुलाई त्याग्नु पर्दछ । यस बेला ज्वरो–खोकी लागेको मान्छेसँग नासुत्नु नै राम्रो हुन्छ । कसैलाई ज्वरो तथा खोकी लागेको थाहा पाएमा नजिकैको कोरोना उपचार केन्द्रमा लगेर चेक गराउनुपर्दछ । यस्ता कुराहरु लुकाउनाले यस महामारीले झन् जोखिम रुप लिन सक्दछ । यस समयमा झ्याल ढोका बन्द गरेर धेरैजना एकैठाउमा बस्नु हुदैन । यस बेला जंगली जनावरलाई नछुने तथा बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजानु नै वेस हुन्छ । घर परिवार वाहिरका इष्टमित्र तथा आफन्तहरुलाई घरमा निमन्त्रणा नगर्नु र आफु पनि अरुकोमा नजानु नै उपयुक्त हुन्छ । घरमा बस्दा सहि समाचार तथा सूचनाहरुको विश्वास गरि अनावश्यक र गलत सूचनाहरूलाई लिएर भय मान्नु हुदैन ।
प्रहरीहरुसंग समन्वय गर्ने
लकडाउन जारी भएसंगे गाउ शहरका विभिन्न ठाउ , गल्लि , चोक तथा सडकहरुमा प्रहरीहरु दिन रात खटि रहेका छन् । हामीहरु सुरक्षित साथ् भित्र बस्न सकु भनेर उनीहरु आफ्नो परिवार , भोक तथा प्यास नभनी सेवामा लागिरहेका छन् । अनावश्यक कामदेखि बाहेक विनाकाममा वाहिर ननिस्कि घरमा बस्नु हाम्रा लागि खटिएका प्रहरी , चिकित्सक तथा अन्य कर्मचारीहरुको लागि हाम्रो सेवा तथा सम्मान हुनेछ । यस कार्यमा नागरिकले पनि आफ्नो दायित्व सम्झेर उनीहरुलाई घरमै बसेर सहयोग गर्नु पर्दछ । तर पनि अत्यन्त महत्वपुर्ण सामान लिनको लागि नागरिकहरु बाहिर निस्किनु पर्ने हुन्छ । बाहिर निस्किनु सबैको रहर नभएर बाध्यता पनि हुन सक्छ । कतिपय ठाउहरुमा आवश्यक काममा बाहिर निस्किदा मरणसान्न हुनेगरी प्रहरीको पिटाइ खाएको पनि सुनिरहेका छौ । प्रहरी प्रशासनले कडाइ नगरे महामारीले झन् जोखिम अवस्था सृजना हुने डर एकातिर छ भने नागरिकहरुको वाध्यता अर्को तिर छ । यस समयमा प्रहरीहरुले पनि कहिँ संयमता अपनाउनुपर्ने हुन्छ । यस समयमा निर्दोष नागरिकहरुलाई बल प्रयोग गर्ने कार्य अमानविय हो । कुनै व्यक्ति के कारणले बाहिर निस्केको भनेर सोधपुछ गरेपछि मात्र अनावश्यक बाहिर निस्केकाहरुलाई उचित कारवाही गरिनुपर्दछ । तर पनि लाठि तथा बल प्रयोग गर्नु यसको समाधान होइन । यस्तो परिस्थितिमा नागरिक तथा प्रशासनले एकले अर्कोलाई सुरक्षामा विशेस ध्यान दिनुपर्दछ ।