काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको तलबमा १० हजार वृद्धि गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग माग गरेको छ । शनिबार बसेको क्यानको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसी समक्ष क्यानले प्रस्ताव गरेको हो ।
अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब पठाइरहेको छ । क्यान निलम्बन भएको बेला आईसीसीले तलब दिने गरेको थियो ।