सविन घिमिरे/ विराटनगर – करिव २ महिना अगाडी बुढिगंगा १ बस्ने दिपेन यादवको मोबाइलमा एउटा अपरिचित नम्बरबाट कल आउँछ । सो कल विराटनगर महानगरपालिका वडा नं. ५ की २७ वर्षीय अनु साहको हुन्छ । दिपेन यादवसंग अनुको सम्बन्ध नजिक गराउनको लागि विराटनगर ६ रामपुर चोकका रविन्द्र साहले अनुलाई फोन सम्पर्क गर्न लगाएका हुन्छन्। रविन्द्र साह र अनु साहको चिनजान बिगत २-३ वर्ष देखिको हो।
अनु साह र दिपेन यादव विच कुराकानीको शृंखला बढ्छ र भेटघाट पनि हुन्छ । सोही क्रममा दिपेनले आफ्नो श्रीमती काठमाण्डौमा बस्ने गरेको र आफुसँग एक वच्चा समेत रहेको जानकारी अनु शाहलाई गराउछन ।
अनु साहले विगत केही दिन देखी छोरी हेर्ने कर गरेका कारणले दिपेन यादवले आफ्नो कारमा १ बर्षकी छोरी निकिशा यादवलाई हाली २०७९ श्रावण २ गते सोमबार विहानको समयमा घरबाट निस्कन्छन ।
उनले विराटनगरको रोडशेषमा रहेको स्वागतम होटल अगाडी अनु साहलाई कारमा चढाउछन।

कारमा वस्दा अनु साहले आफुसँग ल्याएको वच्चाको कपडा फेरिदिन्छिन । पुरानो कपडा उनले आफ्नै साथमा लिन्छिन ।
दिपेन र अनु दुवै जना महेन्द्र मोरङ क्याम्पस जाने रोडको चिया पसलमा गई २ कपचिया अर्डर गर्छन तर अनु साहले इन्कार गर्छिन। उनी त्यहा मास्क लगएर नै बसि रहन्छिन ।
उक्त समयमा कारबाट ओर्लदा समेत र चिया अर्डर गरून्जेल समेत बच्चा अनु साहले बोकेकी हुन्छिन ।
केही समय पछि अनु साहले दिपेनसँग मोवाईल मागी फोन गर्नुछ भनेर बाहिर निस्केर जान्छिन । रविन्द्र कुमार साह पहिले देखिनै उक्त स्थानमा मोटरसाईकल लिएर अनु साह र बच्चालाई रिसिव गर्नको लागि तयार भएर बसेका हुन्छन।
अनु र रविन्द्र कुमार साह दुवै जना प्र.०१-०२०४६ प ७४१० नम्बरको मोटरसाईकल चढी बच्चा लिलर दुहवी -ईनरूवा सप्तरीको राजविराज हुँदै कुनौली पुग्छन। उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रिवन्द्र कुमार साह सोही दिन फर्केर विराटनगर आउछन ।
रविन्द्र साहले अनु साहको मोबाइल मार्फत पिडित परिवारलाई फेसबुक लगायत सामाजिक संजालमा वालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिन्छन ।”भोलि फोन आउछ अहिले शान्ति भएर बस्नु” जस्ता मेसेज परिवारलाई गर्छन्।
भारतको विहार दरभंगा स्थित बच्चालाई लिएर दुई दिन देखि बस्दै आएकी प्रतिवादी अनु साहलाई आज मिति २०७९ श्रावण ४ गते विहान ८:०० बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित वालिकाको सकुसल उद्दार गरी प्रहरीले पक्राउ गरेको छ । अर्का प्रतिवादी रविन्द्र साह वुढिगंगा १ स्थित निजले संचालन गरेको श्रीराम ट्रेडर्सबाट पक्राउ परेका छन ।
निज प्रतिवादीहरुका विरुद्द अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान गरिने मोरङ प्रहरीले जनाएको छ।
फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्ष सम्म कैद र ७० हजार देखि १ लाख सम्म जरिवाना हुन सक्नेछ।
१ नं. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान समूहको संयुक्त अनुसन्धानले सफलतापूर्वक वालिकाको उद्दार गरी प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

बरामद सामान/घटनामा प्रयोग भएका मोवाईलहरू:
१) नोकिया मोवाईल थान- १
२) माईक्रोम्याक्स मोवाईल थान-१
३) जिओनी मोवाईल थान – १
४) सामसुङ मोवाईल थान – १
५) रेडमि मोवाईल थान – १
६) वेवी फिडिङको खाली प्याकेट थान- १
७) सविता देवी कुर्मीको पासपोर्टसाईजको फोटो थान-१
८) एनसेलका सिमका खोलहरू थान – ४
९) प्र.०१-०२०४६ प ७४१० नम्बरको मोटरसाईकल थान
१०) घटनस्थलमा प्रतिवादीले लगाएको कपडा र बच्चाको पुरानो कपडा
( स्रोत: जिल्ला प्रहरी कार्यालय, मोरङ)