धरान- ब्ल्याक पिग इन्टरटेन्मेन्ट आयोजक रहेको वाईवाई मिस धरान आइकन २०२२ को फाइनल प्रतिस्पर्धा भोलि हुन गईरहेको छ। धरान १५ स्थित सदन स्कूलको सभाहलमा १ बजे शुरु हुने आयोजकले बताएको छ । प्रतिस्पर्धामा सहभागी १८ जना मध्ये प्रि- जजिङ राउन्डबाट छानिएका १२ जनाले फाइनलको लागि प्रतिस्पर्धा गर्ने ब्ल्याक पिगका निर्देशक हरिहाङ तिगेलाले बताउनु भयो।
प्रतियोगिताको प्रि- जाजिङ राउन्ड बुधबार सम्पन्न भएको थियो।
भोलिको प्रतिस्पर्धामा चलचित्र निर्माता चिरञ्जीवी बस्नेत तथा आधी तुफान २ र काडेतारका नायक सन्जय खतिवडाको आतिथ्य रहने पनि कार्यक्रम संयोजक सौगात रिजालले जानकारी दिनुभयो।
प्रतियोगीहरुको नाम
१. आशमाया लिम्बू
२. सुमिना विश्वकर्मा
३. शकुन्तला फुयाल
४. सबु बराइली
५. स्वेच्छा थापा मगर
६. निवा लिम्बू
७. डेनिस्ना श्रेष्ठ
८. नमिता राई
९. रोजनी लिम्बू
१०. बीपीका लिम्बू
११. प्रीति साह
१२. प्रजना राई
१३. रानु श्रेष्ठ
१४. सृष्टि लामा
१५. सेली श्रेष्ठ
१६. खुशी बस्नेत
१७. स्वेता पोखरेल
१८. सारा गुरुङ