
विराटनगर – नेपाल अंग्रेज युद्द ताका विर भक्ती थापाको बिरगती पछि नेपाल सरकारले अब युद्द जित्ने आस मारिसकेको थियो । नालापानीको हारको समाचार पाएर काठमाण्डौं दरवारबाट अमरसिंह थापालाई लेखेको पत्रमा बुटवल, पाल्पा र स्युराजका जुन्-जुन ठाउँको बिबाद परेको थियो ति सबै र बारा जिल्लाका बिबाद परेका बाइस गाँउ अंग्रेजहरुलाई दिएर भएपनि तुरुन्त सन्धि गर्नु भन्ने स्पष्ट आदेश आईसकेको थियो । यसै आदेशमा यदि त्यो क्षेत्रमा मात्र राजी नभएमा देहरदुन तथा सम्पुर्न तराई पनि छोडिदिनु र त्यतिले पनि नभए देहरदुन देखी सतलज सम्मको सम्पुर्ण इलाका नै छोडिदिनु भन्ने कुरा पनि थियो । तर आदेश अनुसार हार मानेर सन्धी गर्नु भन्दा एक पटक राम्रैसँग नड्ने अमरसिंहको धोको थियो । आधुनिक हातीयार सहित सैन्य तयारिमा रहेका अंग्रेजहरुको राणानिती बुझेपछि यस अवस्थामा युद्द गर्नु भनेको आफुसित भएका सबै मानिसहरुको निर्मम हत्या गराउनु बाहेक केहि नहुने देखी अमरसिंह थापा सन्धिको लागि राजी भएका थिए । फलस्वरुप अंग्रेजहरुले सारेको सर्त बमोजिम २ डिसेम्बर १८१५मा नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीच सम्झौताभई नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति गरियो। नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्श बाट हस्ताक्षर भएको यो सन्धिको पुष्टि भने ४ मार्च १८१६ भएको थियो । नेपालमाथि लादिएको सन्धि भएकोले उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न नचाहनाले नेपालले २ डिसेम्बर देखिको १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा अर्थात ४ मार्च, सन् १८१६ का दिन पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिविरमा गई यस सन्धिमा हस्ताक्षर गरेपछि सोही दिनदेखि लागू भएकाे बताइयो ।सन्धिको पूर्ण पाठ:
१ . नेपालका राजा र माननिय ईस्ट इण्डिया कम्पनी बिच सदाकाल मैत्री र शान्ती सएमबिएन्धा रहने भयो ।
२ . युद्ध हुनुभन्दा पहिले विवाद उठेका सम्पूर्ण भुभाग उपर नेपालका राजाले आफ्नो दावा छोडनुपर्ने र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुत्व रहने भयो ।
३ . नेपालका राजाले तल उल्लेखित क्षेत्र सदाका लागी माननीय इस्ट इन्डिया कम्पनीलाई समर्पण गर्नुपर्यो–
– काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,
– गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग,
– मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
– मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खालि गरिदिनु पर्नेछ ।
४ . माथिको धारा अनुसार लिइएका भु-भागद्वारा हानिमा परेकाअ नेपाल राज्यका प्रमुख र भारदारहरुको क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिने भयो र यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ ।
५ . नेपालका राजाले काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।
६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।
७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवाअमेरिकीलाई आफ्नो सेवामा कहिल्यै पनि राख्ने छैनन् ।
८. दुवै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।
९ . यो सन्धिपत्रमा पन्ध दिन भित्रै नेपालका राजाको स्विकृती हस्ताक्षर आवश्यक भयो, र यसपछि लेफ्टिनेन्ट कर्नेल ब्रेडशा मार्फत यस उपर बीस दिनभित्र वा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट स्विकृती लिईने भयो ।
(यो लेख तश्विरमा नेपाल फेसबुक पेजबाट साभार गरिएको हो )