अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले गएराति झुन्डिएर आत्महत्या गरेका छन ।
शीतगंगा नगरपालिका– ५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् । आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनको पिसिआर परीक्षणका लागि स्वाब पठाइए पनि रिपोर्ट आउन बाँकी छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी २५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।