मोरङ।भदौ ११ – मोरङ जिल्ला कारागारको महिला सेलमा बुधबार बिहान ३२ वर्षीया महिला कैदी राधा भट्टराई (राधिका) मृत फेला परेकी छन्।
सुनसरीको बराहक्षेत्र–६ निवासी भट्टराई शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
उनले अघिल्लो वर्ष दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम्फालेकी थिइन्, जसमा एक सन्तानको मृत्यु भएपछि कर्तव्यज्यान मुद्दामा दोषी ठहर हुँदै २० वर्ष कैद सजाय पाएकी थिइन्।
२०८० माघ ५ देखि मोरङ कारागारमा रहेकी उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।