एजेन्सी – कोरोना भाइरसका कारण बेलायतमा यो साता थप दुई जना नेपालीको निधन भएको छ ।
उनीहरु बेलायतमा नै बस्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म तीन सय ४१ जना नेपालीको सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीहरुको कोरोना सङ्क्रमणका कारण निधन भएको हो ।
विभिन्न ५३ देशमा रहेका नेपालीहरू सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र युएईमा ५० जना नेपालीको ज्यान गएको नेपाल सरकार अन्तर्गत स्वाथ्य मन्त्रालय ले जानकारी दिएको छ ।