बिराटनगर – सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रास्ट्रपतिको कार्यालय बाट जानकारी आएको छ ।
सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरूमा कोरोना भाइरस सङ्क्रमण देखिएको सोमबार सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै वक्तव्यमा उल्लेख गरेको छ ।