विराटनगर – नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी आवद्ध रहेको मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ ।
मङ्गलबार भएको पहिलो खेलमा मासा युनाइटेडले सियालकोट सिटीमाथि १९–० गोलान्तरको जित दर्ता गरेको हो ।
नेपाली गोलरक्षक एन्जिला तुम्बाप्पोको कप्तानीमा मैदान उत्रिएको मासालाई जित दिलाउन नेपालकै मिडफिल्डर सरु लिम्बू एक्लैले दस गोल गरिन् भने नेपालकै अनिता केसीले छ गोल गरिन् ।
त्यसबाहेक गीता राना, जारा इकबाल र सम्रोजले एक–एक गोल गरिन् ।