काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज बसेको बैठकमा आफ्ना पार्टीका सङ्घीय मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको स्थायी समितिले आज को निर्णय अनुरुप नेकपा एमालेले आफ्नो कमिटीमा राखेका सङ्घीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्नेसमेत निर्णय गरेको हो । बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको तथा चैत १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहने पनि निर्णय गरेको छ ।