
आफ्नो ज्यानको बाजि लगाएर फ्रन्ट लाइनमा खटिएका योद्धाहरुको लडाइले गर्दा विजय पुनर्जिवित भएर आएको छ । हो विजय पुनर्जिवित भएर आएको छ । हामी थाक्नेछैनौ तर डटेर लड्नेछौ ।
हामी कोभिड महामारी प्रकोपको साथ भायवह स्थितिमा बाँचिरहेका छौं। केहि समय हामीले सम्पुर्ण परिस्थिति भुलेर खुशी हुन खोजे पनि धेरैजसो समय हामी अचम्मित र त्रसित भएका छौ । यो अवस्थाले हामीलाई विभिन्न तरिकाले काम गर्न सिक्ने अवसर प्रदान गर्यो जुन हामीले कहिल्यै पाएका थिएनौ ।हामीले हाम्रा त्रासहरुलाई हटाउन खोजेपनि धेरै घटनाको साक्षी स्वयम आफै भइदिदा कहिलेकाँही जीवन अझै गडबड जस्तो महसुस गर्नु स्वभाविक पनि हो । वास्तवमा हामीले अब नकारात्मकलाई राम्रोमा बदल्नको लागि नयाँ तरिकाहरू सिकेका छौ जुन हामीले कहिले सोचेका थिएनौ । हामीले कम भीडभाड भएका ठाउँहरूमा यात्रा गर्ने तरिकाहरू भेट्यौं , स्वस्थ जिवनका आयमहरु भेट्यौ , एक अर्काको महत्वलाई बुझ्यौ । खहरे, छाल, तुफान , खडेरि , वर्षा ; जिवनका अनेक क्षणहरुलाई नजिकैबाट नियाल्ने अवसर हामीले पायौ । यी अनेकौ अवस्थालाई स्पर्ष गर्दै जादा मृत्युले पनि हामीलाइ नजिकै बाट नियालेर गयो ।
न पृयसिको मुस्कुराएको ओठ, न त साथिले खुशि हुदै व्यक्त गरेको भाव वा बाको मुहारमा झल्कने त्यो स्नेह ; यी सबै ढाकिए । सुर्यको प्रकाशलाई वादलले ढाके जस्तै । यता उता सबैतिर सबैले मास्क लगाएका छन ।कसैको पनि रहर होइन , बाध्यता हो । मासक् पछाडि भित्र लुकेको यथार्थ के होला है? देयर इज सोमथिङ बिहाइन्ड द मास्क।
मास्क पाछाडि एक अवोध विरामी छ जसले मृत्युलाई स्पर्ष गरेको छ तर उसलाई पक्का छ त्यो केवल एउटा अवसर मात्र हो किनभने उ विजय भएर फेरि आफ्नो कार्यलय धाउनु छ । छोरीलाई एक गास खुवाउदै , आफु एक गास खादै “को खाई को खाइ” भन्दै जिवनका भोक मेटाउनु छ । मास्क पछाडि पृय मान्छेहरु छन, मित्रहरु छन जसको शुभकामना र प्रार्थनाले गर्दा विजयको बिगुल गाउ अनि शहरभरि फुकिएका छन । मास्क पछाडि एउटा नेतृत्व छ जसले आफ्नो कामदारको छाक नछुटोस भनेर आफ्नो छाक काटिरहेको छ।
मास्क पछाडि प्रीमेले प्रेमिकासङ्ग खाएका कसमहरु छन । यहि बाध्यताले गर्दा प्रेमीप्रेमिकाको मिलन निस्चित छ । मास्क पछाडि सबैको हित चाहने स्वर्गदुतजस्तै समाज छ जसले गर्दा न कोहि भोकै मर्न सक्दैन । मास्क पछाडि बाबुआमा छन जसको दिर्घायुको कामनाले मृत्युलाई पाइतालामुनि कुल्चिदिएको छ। आफ्नो ज्यानको बाजि लगाएर फ्रन्ट लाइनमा खटिएका योद्धाहरुको लडाइले गर्दा विजय पुनर्जिवित भएर आएको छ । हो विजय पुनर्जिवित भएर आएको छ । हामी थाक्नेछैनौ तर डटेर लड्नेछौ । किनभने हाम्रा जिवनका केहि कुरा रद्ध भएपनि सबैकुरा रद्ध भएका छैनन । सुर्य आफ्नै समयमा झुल्किरहेको छ , अस्ताइरहेको छ । वसन्त रितु रद्ध भएको छैन ।हाम्रा गाढा सम्बन्धहरु रद्ध भएक छैनन् ।
प्रेम , भक्ति , सङ्गित, कल्पना, दया, सपना , वाचा तथा कुराकानी केहि रद्ध भएकै छैन । सबैभन्दा ठुलो कुरा , हाम्रो आशा , विश्वास र अत्मबल रद्ध भएको छैन । मास्क पछाडि विजयको एउटा कथा छ । कथाको अन्तिम हरफको पुर्णविरामले पर्खिरहेको छ ।