काठमान्डौ , २३ बैशाख २०७८- नेपाली संगित क्षेत्रका बरिष्ठ सङितकार एवम गायक प्रेमध्वज प्रधानको आज निधन भएको छ । आज उहाको न्युरो अस्पतालमा निधन भएको हो । केही समयदेखि नसा सम्बन्धि समस्या भएको र स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको कुरा पारिवारिक स्रोतले बताएको छ ।
प्रेमध्वज प्रधानको जन्म विसं १९९४ सल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको हो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर उत्तीर्ण भएपछि औपचारिक गायन यात्रा सुरु गर्नुभएको प्रधानका “घुम्तिमा नाआउ है’, गोरेँटो यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ देखुँ’ जस्ता प्रशस्तै लोकपृय गीत बजारमा अहिलेपनि प्रख्यात छन। सन् २०१६ मा ‘ती आँखामा’ बोलको गीत गाउँदै सांंगीतिक क्षेत्रमा फर्कनु भएको थियो ।