
मैले सुनेको,
मैले बुझेको,
‘म’को परिभाषा अलिक फरक छ;
एउटा सिङ्गो शब्द-
हेराईमा एक अक्षर,
तर बुझाई एक सागर,
त्यै व्यथाका कथाका यहाँ लहर छन् ।
अनि, भोगाइको गीतको त महल झन् ।।
म अनि दुनियाँ-
एक पाटो मेरो,
अर्का तर्फी दुनियाँ,
हिँड्दा-हिँड्दै कहिले ऊ म सँग ठोकियो;
कहिले अनायासै म ऊतिर बजारिन पुगें;
तर नतिजा त यही थियो-
न मलाई उठाउन ऊ तयार,
न त ऊ लड्नै चाह्यो मेरो लागि ।
यो एक्लौटी संसारमा
ऊ केबल उसैको, अनि म स्वयम मेरो लागि ।।
भिजेका सिरानीबिच
निन्द्रा मेरो अज्कल्टिदा,
सपनीमा ऊ-
कुन-कुन लोक डुल्छ रे!
दानब त केबल बदनाम छन्
दैत्य त यहाँ मानब रुपमा फुल्छ रे!
मेरा सुन्नेका आँखाका डिलले-
चासो थोरै मानवताको खोज्यो।
तर अफसोस!
मैले आफैलाई रोजे जस्तै,
उसले स्वयम आफैलाई रोज्यो ।।
मेरो गूनको हिसाबमा
यो दुनियाँ बैगूनी निस्कियो,
मेरो गल्तीले,
निदाएका कति कपटी आँखा चम्किए;
बेजोड प्रचार गर्न सब बजार लम्किए;
अब दोषी म यहाँ,
सकी नसकी उठेको, मेरो हार भयो अब ।
तेसैले त गुरुले भने,
स्वयं म बाहेक मेरो कोही छैन अब ।।
मैले आफुलाई पढेको छु,
हिजो थोरै, आज अलिक बढेको छु,
आफ्नो गल्तीले सिकेका पाठ कति-कति!
अब त झन्,
मै पाठ सिक्ने, मै गल्ती गर्ने !
जिन्दगी यस्तै यस्तै,
स्वयम जित्ने, स्वयम हार्ने !
गुरुको ज्ञान फेरि त्यै,
सूर्यको आफ्नो किरण झै,
आफ्नो प्राथमिकता स्वयम आफैँ ।।
(‘म’ त म भइहालें, ‘ऊ’ चाहिँ म बाहेक सबै ऊ)