विराटनगर , २३ बैशाख २०७८ – बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले मोरङ जिल्लामा जेठ १ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो । सोहि निषेधाज्ञालाई जेठ १ गतेसम्मको लागि थप गरिएको हो ।