विराटनगर, २६ वैशाख २०७८ – मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १ र विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३ गरेर जम्मा ४ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरानका वृद्ध पुरुष , विराटनगर महानगरपालिकाका ७६ वर्षीय पुरुष , सिरहा कल्यापुरकी ३८ वर्षीया महिला, इटहरीकी ५४ वर्षीया महिला रहेका छन । चारै जनाको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हो ।