फोटो पत्रकारहरु दृश्यको प्रसंगमा यति महत्वपूर्ण हुन्छन् कि उनीहरूले हामी मध्ये धेरैले अनुभव नगरेको दृष्टिकोण प्रदान गर्न सक्दछन् जसको कारण हामीलाई कुनै पनि विपत्तिमा गहिरो डुब्ने अनुमति दिइरहेका हुन्छन। आज हामीले संसारभरका फोटो पत्रकारहरूले लिएका पाच तस्बिरहरू प्रस्तुत गरेका छौ जसले परिवर्तनको लागि संसार हल्लाउन सफल भयो।
आफ्टर द स्टोर्म

माथिको तस्वीर पेट्रिक फर्रेलले हाइटीमा भएको आँधीबेहरीको विनाशको बेला लिएका हुन । उनको यस तश्बिरले सन २००९ मा ब्रेकिंग न्यूज फोटोग्राफीका लागि पुलित्जर पुरस्कार जितेको थियो । यस तस्बिरले एक प्रकोपमा दु:खलाई हाइलाइट गर्दछ।
कोसोभो शरणार्थी

कोसोभो भागेपछि पुनर्मिलन भएका परिवारका सदस्यहरूले २ बर्षे अगिम शालालाई काँडेदार तारबाट अल्बेनियाको शिविरमा हजुरबा हजुरआमाको हातमा सुम्पिएको यो फोटो ३ मार्च १९९९ मा फोटो पत्रकार क्यारोल गुज्जीले लिएकी हुन । यस तश्बिरले उनलाई पुलित्जर पुरस्कार पाउने पहिलो महिला बनायो ।
वार अन्डर फुट ( पाइतालामुनी युद्ध )

लाइबेरियामा गृहयुद्धका प्रभावहरू पर्दा पछाडि बिशेष ध्यानका साथ नियालेर द्वन्द्वमा फसेका निर्दोष नागरिकहरुको चित्रण गरेको कारण यस फोटोको फोटोग्राफर तथा लस एन्जलस टाइम्सका फोटो पत्रकार क्यारोलिन कोलले सन २००४ म फिचर फोटोग्राफिका लागि पुलित्जर पुरस्कार पाएकी थिईन ।
आफ्टर द सुनामी ( सुनामी पछि )

सन २००४ को भारतीय सुनामी पछि आफन्तको शव भेटिएपछि पीडाले कराउँदै गरेकी महिलाको यस तस्बिर अर्को दत्तले लिएका हुन । यो तस्बिर सन २००५ मा विश्व प्रेस फोटो अफ द यर बनेको थियो ।
द पावर अफ वान

सन २००६ मा इजरायली अधिकारीहरूले सबै अवैध बसोबास तत्काल खाली गर्ने आदेश दिए पस्चात त्यहाँ बसोबास गर्ने र प्रहरीहरू बीच ठूलो झडप हुदा एक यहुदी महिलाले प्रहरीहरुसङ्ग एक्लै लड्दै गरेको यो तस्बिर इजरायली फोटोग्राफर ओडेड बालिल्टिद्वारा क्याप्चर गरिएको थियो । यस तस्बिरले बालिल्टिलाई ब्रेकिङं न्युज फोटोग्रफिको लागि पुलिट्जर पुरस्कार २००७ दिलाएको थियो ।