विराटनगर , २८ बैशाख २०७८- पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्यापनि बढिरहेको छ । आज मात्र नेपालमा ५२२५ जना कोरोना मुक्त भएका छन। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा मात्रै आज ५५ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हालसम्म कुल संक्रमित ३९ हजार ८२४ मध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् ।
पिसिअार टेस्ट पर्याप्त नगरिएको हुनाले सङ्क्रमितको वास्तविक संख्या कति हो भनेर यकिन गर्न सकिने अवस्था छैन ।