विराटनगर , ३० बैशाख २०७८ – विराटनगरस्थित रहेको कोशी कोभिड अस्पतालबाट एक विरामी हराएको सुचना प्राप्त भएको छ । तेह्रथुम जिल्ला लालीगुरास नगरपालिका वार्ड नं २ निवासी वर्ष ६८ का तुलाराम श्रेष्ठ वैशाख २९ गते बुधबारको दिनदेखि हराएको खबर अस्पतालबाट आएको निजका आफन्तले जनाएका छन । लालीगुरास नगरपालिकाका स्थानिय वासिन्दा तथा युवा नेता प्रकाश श्रेष्ठले आफ्नो फेसबुक पोस्ट मार्फत हराएको व्यक्ति खोज्नको लागि सहयोग गरिदिनको लागि अनुरोध गर्नका साथै अस्पतालको गैर जिम्मेवारी कृयाकलाप भएको भन्दै निन्दा व्यक्त गरेका छन । लालीगुरास नगरपालिकाका अर्का एक स्थानियले अस्पतालबाट विरामी भग्यो भनेर आफन्तलाई गैर जिम्मेवारी प्रतिकृया दिएको आरोप लगाएका छन ।हराएको भनिएको व्यक्ति कोरोना संक्रमित भएको शंका गरिए पश्चात् उपचारको लागि विराटनगरस्थित कोशी कोभिड अस्पताल ल्याएर भर्ना गरिएको स्थानिय वासी बताउछन । निजलाई कतै देखिएमा निम्नानुसार सम्पर्कको लागि पनि अनुरोध गरिएको छ ।
प्रकाश श्रेष्ठ वसन्तपुर ९८५२०६०८१५ ,गंगा बहादुर श्रेष्ठ( विरटचोक ) ९८४२५०६७७६ युवराज श्रेषठ (विराटचोक) ९८५२०४९१६८