विराटनगर, ३० बैशाख २०७८- केपी शर्मा ओली पुन: प्रधानमन्त्री पदमा नियुक्त भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी हुन । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकीका कारण स्वतः पदमुक्त भएका थिए । दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई शुक्रबार दिउँसो शपथ गराउने तयारी भइरहेको छ ।