एजेन्सी ,लन्डन – सन् २०१६ को प्रिमिएर लिग बिजेता लेस्टर सिटीले सनिबार पहिलोपल्ट एफए कप जितेको छ । लेस्टर सिटिले २२ हजार दर्शक उपस्थित वेम्बली रंगशालामा चेल्सीलाई १–० ले हराएको थियो । यो कोरोना भाइरस संक्रमण महामारी पश्चात इंग्लिस खेलकुदमा सबैभन्दा बढी दर्शकको उपस्थिति हो ।
सिटिका लागि बेल्जियमका योरी टिलेमन्सले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै सिटिलाई अग्रता दिलाएका थिए । चेल्सीले बराबरी गर्ने धेरै मौका पाएता पनि सिटिका गोल रक्षक कास्पर स्माईचेलले आकर्षक बचाऊ गर्दै उपाधि रक्षा गरेका थिए । यसघि ४ पटक फाइनलमा पुगिसकेको लेस्टरले यस पटक भने एफए कप जित्न सफल रह्यो ।