संखुवासभा जिल्ला चिचिला गाउपालिका वार्ड नं २ स्थायि घर भएका ३६ वर्षिय पुर्ण बहादुर राई हाल जिवन र मृत्युसंग पौठेजोरी लगाइरहेका छन । मोतिविन्दु लागेको कारण बिगत १९ वर्षदेखि उनी दृश्टिविहित त थिए नै । उनको दुबै मृगौला पनि बिगत ४ वर्षदेखि काम नगरेकोमा उपचार भइरहेको छ । पिडित राईको हजुरबुबाको गत चैत्र २९ गते र जन्मदै मुटु रोगी उनकी ७ वर्षिय छोरीको समेत गत बैशाख २० गते उपचारको क्रममा निधन भएको थियो । परिवारले एकै समयमा बाजे र छोरीको उपचार र अन्तिम संस्कार गर्नु परेकोले आर्थिक स्थिति एकदमै कमजोर भएको कारण हाल पुर्ण बहादुर राईको थप उपचारको लागि आर्थिक समस्या परेको परिवारले जनाएको छ । जिवन र मृत्यु संग लडिरहेका पुर्ण बहादुरको उपचारको लागि सहयोग गरिदिनको लागि परिवारले अनुरोध गरेका छन । राईको हाल काठमान्डौ स्थित गृन सिटि अस्पतालमा उपचार भइरहेको बहिनि मनिषा राईले जानकारी दिएकी छिन । राईको उपचारको लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
सम्पर्क:
मनिषा राई ( बहिनि ) : ९८६४९९६३०४