विराटनगर , ४ जेष्ठ २०७८- नेपालमा हाल मुख्य रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ । गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी।१।६१७।१’ भाइरस रहेको पाइएको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार पनि नेपालमा हाल फैलिरहेकोमध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट हो । विश्व स्वास्थ्य संगठनले भारतीय डबल म्यूटेन्ट भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामक तथा जोखिमपूर्ण रहेको पत्ता लागिसकेको छ ।