काठमाण्डौ , ८ जेष्ठ २०७८- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।
मध्यरातमा बोलाइएको मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिएका छन ।