विराटनगर, ९ जेष्ठ २०७८- नेपालका कोभिड-१९ को सङ्क्रमण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेको जानकारी दिइएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ सङ्क्रमित भेटिएका छन्। शनिबार ८ हजार ९८० सङ्क्रमित फेला परेका थिए। तथ्याङ्क अनुसार बागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ।तथ्याङ्क अनुसार वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत सङ्क्रमणको दर घटेको छ भने सबभन्दा बढी प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण दर फैलिएको छ। प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने पनि काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले बताउनुभएको छ ।