नेपालगन्ज — बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले शुक्रबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए । यसको सर्वत्र विरोध भैरहेको थियो भने स्वास्थ्यकर्मीहरु आन्दोलनमा उतृएका थिए।
आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने प्रतिवेदन पछि आन्दोलन रोकिएको छ ।