“आत्मसमर्पण”
“म” म मात्रै नभई
“तिमी” तिमी मात्र नभई
हामी भएको पल;
“जुन” जुन मात्र नभई
पुर्णिमा बनेको पल;
“ऋतु” ऋतु मात्र नभई
वसन्त ऋतु आएको पल,
हो त्यही पल,
मेरो आत्मा तिमीलाई समर्पण !
प्रेमरसमा डुबेको तिमी
प्रेमलज्जा सजिएकी म;
देब्रे पाइलामा भुतकाल थिचेल्दिएर
दाइने पाइलामा वर्तमान साचिदिएर
नौलो सुरुवात गरेका पल;
हो त्यही पल;
मेरो आत्मा तिमीलाई समर्पण!
ओइलिएको फुल थिए म
माली बनी तिमी आएको पल;
गोडमेल गरि जीवन
बगैंचा बनाइदिएको पल;
हो त्यही पल
मेरो आत्मा तिमीलाई समर्पण!
-रविना देउजा