काठमाण्डौ -विवेकशील साझा पार्टीका पूर्वसहअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। कोरोना संक्रमित भएर नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट विशेषग्यरुबाट र अस्पताल भन्दा बाहिरका विशेषग्यहरुको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भईरहेको भएपनि थापाको अवस्था जटिल हुदै गएको विवेकशिल साझा पार्टीका केन्दृय सदस्य हरिश प्रसाद भट्टले सामाजिक सन्जाल फेसबुकमा दिउसो १ बजे बिज्ञप्ति लेखेका थिए ।
यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो। ४५ वर्षका थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष हुन्। थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै शहरी र शिक्षित युवालाई राजनीतिमा डोर्याउन उल्लेखनिय भूमिका निर्वाह गरेको मानिन्छ।