ईजरायल , १६ जेष्ठ २०७८- ईजरायलमा रहेका तेह्रथुमेलीहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल ईजरायलमा रहेका तेह्रथुम वासिद्वारा आर्थिक संकलन गरीएको रकमबाट स्वास्थ्य सामाग्री खरिद गरि जिल्ला अस्पताल तेह्रथुमलाई हस्तान्तरण गरिएको समाजसेवि देव बास्कोटाले जानकारी दिए । स्वास्थ्य सामाग्रीहरु पिपिई सेट ६ सेट , पल्स अक्सीमिटर १० सेट, अक्सीजन माक्स १० सेट, फेस सिल्ड ५० सेट ,स्क्रप केमिकल ५ जार, अक्सीजन रेगुलेटर ५ पिस, सेनिटाईजर १५ लिटर ,माक्स २सय ५० पिस समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष शिब प्रशाद ढुंगानालाइ आइतबार हस्तान्तरण गरिएको थियो । यस सहयोगका लागि ईजरायलमा रहेका तेह्रथुमेलीहरुले निम्न बमोजिम आर्थिक सहयोग गरेका थिए ,
देव बास्कोटा – रु ११,४००
प्रबिन आङबुङ कमला सेनेहाङ -रु ११,४००
लता आङबुङ – रु ११,४००
तुलसा सुब्बा तुम्बाहाङ्फे ११,४००
दुर्गा चोङबाङ – रु ११,४००
प्रतीमा आङबुङ लिम्बु – रु ५,०००
जीवन बुढाथोकि – रु १०,०००
जेम्स सेनेहाङ – रु५,०००
गिता तुम्बाहाङ्फे – रु ६,५००
दुर्गा थिङ्लबु (मेन्यङ्बो) – रु ५,१००
रोशनी कन्दंवा – रु ५,०००
नयन इम्सोङ- रु ६,५००