विराटनगर, १६ जेष्ठ २०७८ – मोरङ जिल्लामा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जेष्ठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेका हुन। सरकारले जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अद्यादेश २०७८ को दफा ४ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम २०७८ जेष्ठ १७ गते राति १२ बजेदेखि जेष्ठ २४ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको आदेशमा उल्लेख छ ।
कोभिडको महामारीको दोस्रो लहरको कारण मोरङ जिल्लामा पनि संक्रमण दर बढ्न थालेपछि प्रशासनले यस वर्ष बैशाख १८ गते राति १२ बजेदेखि पहिलो पटक निषेधाज्ञा लगाएको थियो ।