नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार स्व यम बुद्धको जन्मदिन आज रहेको छ । वास्तविक नाम अनिल अधिकारी रहेको यमबुद्ध सन १९८७ मे ३ का दिन धनकुटामा जन्मिएका थिए । मोरङको सलकपुर घर भएका यम बुद्ध नेपाली हिपहप जगतमा छाएका युवप्रेमी कलाकार थिए। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनको साथि गीत हिट भएको थियो । उनको सरकारलाई च्यालेन्ज हो , मेरो जुत्तामा, साथी, आउँदैछु म , फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा, मलामी, खतरा जस्ता थुप्रै चर्चित एल्बम हुन। यम बुद्धले आफ्नो निधन भन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए।
उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो। २०७३ माघ ७ गते आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए । बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा यम बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको निधनको समाचारले विश्वभर रहेका नेपाली युवाहरुलाई स्तब्ध बनाएको थियो । लोकपृय गायक यम बुद्धको शरिर हामीबिच नभए पनि उनका सम्झना तथा गीत तथा रचना सदा हामीमाझ अमर बनेर रहिरहनेछ।