विराटनगर, १६ जेष्ठ २०७८- इसाई समाज विराटनगरले आइतबार कोसी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि उपयोगी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ । समाजले लेबल २ को कम्प्लिट पिपिई सेट २०० थान, १०० मिलिलिटरको सेनिटाइजर ५०० बोतल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स चार हजार २०० थानलगायत पाँच लाख २५ हजार बराबरको स्वास्थ्य सामग्री एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस संसदीय दल, प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्कीको पनि उपस्थिति रहेको थियो । चर्चमा सङ्कलन भएको भेटी रकम महामारीको सामना गर्नका लागि खर्च गरेको पास्टर युवराज प्रधानले कार्यक्रममा बताए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पिपिईको खाँचो पूरा भएको बताएका थिए।