डडेलधुरा – १७ जेष्ठ २०७८- कोरोनाको संक्रमणको कारण आफ्नो श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छिन । उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचाररत बाजुराका २८ वर्षीय सुरेश कठायतको शनिबार मृत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकै रहेको जंगलमा झुन्डिएर आत्महत्या गरेकी हुन। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउपालिका वार्ड नं ७ का सुरेशलाई कोरोना संक्रमण भएपछि जेठ २ गते डडेलधुरा ल्याइएको थियो। सनिबार मृत्यु भएका सुरेशलाई अस्पतालले विहान ७:३० बजे मृतक घोषित गरेपछि कुरुवा आएकी शृमती बेपत्ता भएकी थिइन। उनी त्यहि दिन साझ ५ बजे अस्पतालभन्दा २५० मिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धान र परिवारसंगको सोधपुछबाट श्रीमानको मृयुको अशैय पिडाले उनले आत्महत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यलय डडेलधुराका प्रवक्ता प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताएका छन ।