काठमाण्डौ , १८ जेष्ठ २०७८- चौधरी ग्रुपले नेपालमा फाइबर इन्टर्नेट सेवा सुरू गरेको छ । नेपालको सबैभन्द धनी व्यक्ति बिनोद चौधरीको स्वामित्वमा रहेको चौधरी ग्रुपले मुलुकमा सस्तो मोबाइल सेवाहरू विस्तार गर्न सीजी टेलिकम स्थापना गरिसकेको छ। मोबाइल नेटवर्कहरु र आधारभूत टेलिफोन सेवा सञ्चालनको लागि एकिकृत इजाजतपत्र प्राप्त गर्न नसकेको अवस्थामा ग्रुपले सिजि नेट नामक फाइबर इन्टरनेट सेवा ल्याएको हो । हाल काठमाडौंमा सुरू भएको यस सेवाले वर्ल्डलिङ्क, सुबित्सु र भायानेटजस्ता आईएसपीसंग प्रतिस्पर्धा गर्नेछ ।
सीजी नेटको हालको इन्टर्नेट योजना १२० एमबीपीएस हो जुन नेपालमा भएका सबै आईएसपीहरू बीच सब भन्दा छिटो इन्टर्नेट हो।