काठमाडौँ , २० जेष्ठ ०७८- विश्वकप छनोटमा बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा र ८१औँ मिनेटमा दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।