विराटनगर , २३ जेष्ठ २०७८- विराटनगरमा केहि दिन अगाडि एक जनाको मृत्यु तथा अर्का एकजना घाइते हुनेगरी सवारी दुर्घटना गराएकाे आराेपित रविन कार्कीलाई प्रहरीले आइतबार विराटनगर ५ बरगाछीस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए अनुसार दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमाणका आधारमा चालक कार्की नै रहेकाे पाइएको कारण उनलाई पक्राउ गरिएकाे हो ।
पक्राउ परेका कार्कीमाथि सवारी ज्यान कसूरमा अनुसन्धान भइरहेकाे पनि उनले जानकारी दिए ।
गत बिहीबार विराटनगर एयर्पोर्ट मोडमा राति ७ बजे भएको दुर्घटनामा पैदल यात्री भारत कटिहारका मुकेश शर्माको घटनास्थलमै र मोरङ कटहरी–२ का राजकुमार राजबंशी घाइते भएका थिए । दुर्घटना पस्चात रविन कार्की फरार थिए ।