काठमाण्डौ – प्रहरीले बालुवाटार क्षेत्रबाट बृहत् नागरिक आन्दाेलनका अगुवाहरुलाई नियन्त्रणमा लिएकाे छ । निषेधाज्ञाको बेला विरोध प्रदर्शन गर्न लागेको भन्दै नारायण वाग्ले, युग पाठक, खगेन्द्र संग्रौला सहित सञ्जीव उप्रेती, अनुभव अजित, भास्कर गाैतम, रिता परियार, सरिता परियार, भावना राउत, संगीत स्राेत लगायतलाई नियन्त्रणमा लिएको हो । सर्वोच्च अदालतको निर्णयविपरीत सरकारले एक मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै बृहत् नागरिक आन्दोलनले विराेध प्रदर्शनकाे तयारी गरिरहदा प्रदर्शन गर्न नपाउँदै प्रहरीले अभियान्ताहरुलाई नियन्त्रणमा लिएको हो ।