काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक हुने भएको छ । साँझसम् परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताएका छन ।
बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बाेलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।
नतिजा थाहा पाउनको लाहि वेब पेज https://neb.ntc.net.np मा लग इन गर्नुहोस् । इनपुट बक्समा आफ्नो सिम्बल नम्बर (उदाहरण:- 17300927) र जन्म मिति (उदाहरण: 2055/09/19) टाइप गर्नुहोस् र नतिजा खोज्नुहोस् ।
अर्थात् भि आर प्रणाली (ल्यान्डलाइन र मोबाइल फोनबाट) 1601 डायल गर्नुहोस् र निर्देशनहरू पालना गर्नुहोस् ।